तीन वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा गैडहवा गाउँपालिका–३, सगरहवाका १९ वर्षीय छोटु भन्ने रामवली चमार विरुद्ध इलाका प्रहरी कार्यालय, लुम्बिनीमा ०८१ साउन १० गते उजुरी दर्ता भएको छ ।
पीडित बालकलाई आरोपितले साउन ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन १० गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा फरार आरोपित विरुद्ध थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्सपेक्टर कञ्चन तामाङले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ६ गते भिम अस्पताल, भैरहवामा भयो ।