२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहविरुद्ध ०८१ साउन ६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनु भएको छ ।
पीडितका अनुसार असार १९ गते राती घर कोठामा सुतिरहेको अवस्थामा पहिलेदेखि नै घर कोठा भित्र लुकिछिपि बसेका आरोपित साहले बलात्कारको प्रयास गरेको हो ।
उजुरीपश्चात आरोपित फरार भएकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी नकुल पोखरेलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ६ प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।