INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नरहरिनाथ गाउँपालिका–८ का ६८ वर्षीय रगुजन विकलाई साउन ८ गते घरबाट गिरफ्तार गरेको छ ।

आराेपितले बालिकालाई  साउन १ गते दिउँसो साढे ३ बजेतिर घरमा कोही नभएको मौका पारेर बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ७ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पोषण थापाले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ७ गते जिल्ला अस्पतालमा भयो ।

घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर थापाले बताउनुभयो ।

अन्य

भिडियो