अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप हंसपुर नगरपालिका-५ का २० वर्षीय रोहित दासविरुद्ध पीडित पक्षले ०८१ साउन ८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको छ ।
पीडित बालिकालाई साउन ७ गते आरोपितले खेतमा लगि बलात्कार गरेको भन्दै कारबाहीका लागि सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित पक्षले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ८ गते प्रादेशिक अस्पताल जनकपुरमा भयो ।
घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन आवाले जानकारी दिनु भयो ।