३५ वर्षीया बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका-८ हाडेडाँडाका ५० वर्षीय कर्मसिंह गोलेलाई साउन ७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८१ साउन ६ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ६ गते इलाका प्रहरी कार्यालय, कटारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ६ गते गरिएको छ ।