१७ वर्षीया बालिकालाई विवाह गर्ने बहानामा ०८० चैत ६ गते तेमाल गाउँपालिका–८ स्थित घरमा लगेर बलात्कार गरी गर्भवती बनाएको आरोपमा २१ वर्षीय रोशन भनिने रामदाश तामाङलाई प्रहरीले ०८१ साउन ५ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ललाइफकाइ बलात्कार गरेको भन्दै आरोपित तामाङविरुद्ध पीडितका आफन्तले ०८१ असार ११ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जबर्जस्ती करणी शीर्षकमा उजुरी दिएको डिएसपी राजकुमार केसीले बताउनु भयो ।
पीडित बालिका ०८० फागुन १७ गते घरबाट हराएकोमा ०८० चैत २९ गते डेरामा फर्किएकी थिइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८१ असार ११ गते धुलिखेल अस्पतालमा गरियो ।