१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका-३ का ६६ वर्षीय दिलप्रसाद रिजाललाई साउन ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ जेठ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई अनुसन्धानका लागि सुनसरी जिल्ला, इनरुवा नगरपालिका-४ बाट ०८१ साउन ७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर प्रहृलाद खड्काले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २८ गते गरिएको थियो ।