INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

थुलुङ दुधकोशी गाउँपालिका-१ नेलेका ६० वर्षीय ज्येष्ठ नागरिक सुरेश बस्नेतको हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका-२ देवीस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेतलाई साउन ५ गते गिरफ्तार गरेको छ ।

पूर्ण बहादुरले आफ्नै घरमा पाहुना आएका भिनाजु सुरेशलाई ०८१ साउन ५ गते खुकुरी प्रहार गरी हत्या गरेको परिवारका सदस्यले बताएका छन् ।

पीडितको घटनास्थलमै मृत्यु भएको उजुरीपछि प्रहरी चौकी नेलेबाट खटिएको प्रहरीले आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ

शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको छ ।

अन्य

भिडियो