१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रकोट गाउँपालिका–८ का ४७ वर्षीय आफन्तलाई प्रहरीले ०८१ साउन १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शङ्कर पोखेलले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १ गते गुल्मी अस्पताल, तम्घासमा भयो ।