INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा-७ का ४२ वर्षीय शिवकुमार पासवानलाई असोज ३१ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन १ गते दिएको उजुरी असोज २७ गते दर्ता गरी सोही उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।

पीडितलाई नोकरी लगाई दिने प्रलोभनमा पारी आरोपितले असार २७ गते राजविराजस्थित अशोक लजमा पुर्‍याई बलात्कार प्रयास गरेको पीडितले आरोप लगाइन् ।

घरमा सासुसँग नोकरी लगाई दिने विश्वास दिलाई रोशनकुमार रामको स.३ प २२०७ नम्बरको मोटरसाइकलमा चढाई राजविराजको अशोक लज पुर्‍याएर बलात्कार प्रयास गर्दा प्रतिवाद गरेपछि आरोपित फरार रहेकोले कारबाही गर्न माग गर्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा साउन १ गते उजुरी दिएकी थिइन् ।

पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा साउन २२ गते स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका आरोपितलाई खोजतलास गर्ने क्रममा असोज ३१ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो