INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिकको खाद्य अधिकार सुनिश्चिततामा जोड

‘खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी बढाऔँ, भावी बसाइसराई व्यवस्थित गरौँ’ भन्ने मुल नाराका साथ जिल्ला खाद्य अधिकार सञ्जाल कैलाली र इन्सेकलगायत विभिन्न १८ ओटा सङ्घ संस्थाको सयुंक्त आयोजनामा ३७ औँ खाद्य अधिकार दिवस असोज ३० गते विविध कार्यक्रम गरी मनाइएको छ ।

Photo20171016Kailali

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जिल्लाको खाद्य अधिकार र खाद्य सुरक्षाको अवस्थाको बारेमा जानकारी गराउँदै खाद्य अधिकार हनन्का घटनाहरूको न्युनीकरण र नागरिकको खाद्य अधिकार सुनिश्चितताका लागि सरकारी तथा गैरसरकारी सबै निकाय क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत युवराज पाण्डेले कृषि प्रधान देशमा कृषिमा लगानी, जनशक्तिमा बृद्धि र उत्पादनमुखी सरकारी निति बनाउन सके उत्पादनमा वृद्धि भई यसले खाद्य सुरक्षामा टेवा पुग्ने भएकोले कृषिमा लगानी बढाउनुपर्ने बताए ।

कार्यक्रमका सहभागीहरूले सीमान्तकृत समुदायको खाद्य अधिकार सुनिश्चित गरिनुपर्ने, मुक्त कमैया, हलिया, कमलरी र भूमिहीनहरूको शीघ्र पुनर्स्थापना गरिनुपर्ने, अति विपन्न परिवारको पहिचान गरी न्यूनतम मूल्यमा खाद्यन्न उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने ‘खाद्य सुरक्षा हाम्रो अधिकारः कृषिमा आधुनिकीकरण हाम्रो सरोकार’ भन्ने नाराका साथका आफ्ना माग राखेका थिए ।

अन्य

भिडियो