INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

घ्याङलेख गाउँपालिका–२ चालिसेबगरका ३० वर्षीय टीकाबहादुर बुढाथोकीको  हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले ०८१ असार ३१ गते गिरफ्तार गरेको छ ।

सापटी पैसा माग्न जाँदा असार ३० गते विवाद हुँदा आरोपितहरूलेले ०८१ असार ३० गते कुटपिट गरी दाउराले हानेर हत्या गरेको भन्दै पीडित पक्षले असार ३० गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

उजुरीका आधारमा घ्याङलेख गाउँपालिका –२ का ३० वर्षीय आशमान वाईबा र ३८ वर्षीय भुन्टे भन्ने ज्ञानबहादुर वाईबालाई गिरफ्तार गरि अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

मृतकको शव सिन्धुली अस्पतालमा राखिएको छ । मृतकको श्रीमती ओखलढुङ्गाबाट आउँदै गरेकाले शवको पोष्टमर्टम हुन सकेको छैन् ।

अन्य

भिडियो