सुस्तमनस्थितीकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा देवघाट गाउँपालिका–३ गोन्द्राङका ६५ वर्षीय झाम्टे थापालाई प्रहरीले ०८१ असार ३१ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई जेठ २६ गते बलात्कार गरेको भन्दै पीडित परिवारले असार ३१ गते प्रहरी कार्यालय सराङघाटमा उजुरी दिएका थिए ।
पीडितको असार ३१ गते दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भयो ।