सात वर्षीया र आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका–७ हल्दुखाल निवसी ५३ वर्षीय बस चालक धनबहादुर रोकायालाई ०८१ असार ३० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ०८१ असार ३० गते आरोपितले यौन दुर्व्यवहार गरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।
स्थानीयहरुले दिनुभएको जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी भरत शाहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०८१ असार ३० गते जिल्ला अस्पताल, बझाङमा गरिएको छ ।