२१ वर्षीया सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–८ का ४३ वर्षीय शिव तिवारीलाई प्रहरीले ०८१ असार २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई असार २८ गते बलात्कार गरेको भन्दै आरोपित विरुद्ध पीडित पक्षले असार २८ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी भेषराज रिमालले बताउनुभयो ।
स्वास्थ्य परीक्षण पीडितको असार २८ गते भरतपुर अस्पतालमा गरियो ।
आरोपितलाई हिरासतमा राखि अनुसन्धान थालिएको डिएसपी रिमालले जानकारी दिनु भयो ।