प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका ८८ दलमध्ये ३३ दलको निर्वाचन चिन्हमा मत आए बदर हुने भएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये ५५ दलले मात्र समानुपातिक निर्वाचन प्रयोजनका लागि दलहरूका तर्फबाट उमेदवारको बन्दसूची बुझाएकाले बाँकी ३३ दलको निर्वाचन चिन्हमा प्राप्त भएको मत बदर हुने भएको हो । सो मत समानुपातिक प्रणालीतर्फकुनै पनि दलको नाममा गनिने छैन ।
‘समानुपातिक निर्वाचन प्रयोजनका लागि बन्दसूची बुझाएका दलको चिन्हमा प्राप्त मत मात्र आधिकारिक हुन्छ । बाँकी चिन्हमा प्राप्त मत गनिँदैन । बदर मानिन्छ ।’-प्रवक्ता ढकालले भने ।