१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका-८ तोपाका २३ वर्षीय विकास कुमार यादवलाई प्रहरीले ०८१ असार २७ गते गिरफ्तार गरेको छ ।
जिल्ला अदालतबाट असार २४ गते पक्राउ पुर्जी जारी भएपछि खोजतलासका क्रममा गाउँघरबाटै आरोपित विकास गिरफ्तार भएको सप्तरी प्रहरीले जनाएको छ ।
बालिकालाई २०८१ जेठ १४ गते तिलाठी कोइलाडी गाउँपालिका-८ तोपाका २३ वर्षीय रमेशकुमार यादवले बलात्कार गरेको र विकासले सहयोग गरेको भन्दै पीडितका २२ वर्षीय दाजुले जिल्ला प्रहरी कार्यालयमा जेठ २१ गते उजुरी दिनुभएको थियो ।
गाउँलेको छोरीको विवाहबाट फर्किरहेको बेला घर पुर्याई दिन्छु भनी विकासको सहयोगमा आरोपित रमेशले जबरजस्ती मोटरसाइकलमा बसाई खाँडो खोला किनारको खेतमा लगी बलात्कार गरेर जेठ १५ गते विहान घर नजिक ल्याएर छाडेको पीडितले बताउनु भयो ।
पीडितका अनुसार आरोपितले पुनः जेठ २० गते बेलका सँगै नहिडे भिडिओ भाइरल बनाइ दिने भनी धम्क्याए । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्र नारायण सिंह अस्पतालमा जेठ २२ गते भयो । जिल्ला प्रहरी कार्यालयमा जेठ २२ गते उजुरी दर्ता भयो । आरोपित रमेश भने असार ७ गते नै गिरफ्तार भएका छन् ।