INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता प्रदान

नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ ।

धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख छ ।

संविधानमा भएको व्यवस्था बमोजिम छथर गाउँपालिकामा ६ जनालाई अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता प्रदान गरिएको छ ।

अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने छथर गाउँपालिका ६ जना अपाङ्गता भएका व्यक्तिलाई घर घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रामप्रसाद भट्टराईले बताउनु भयो ।

छथर गाउँपालिका- ३ पञ्चकन्याका १८ वर्षीया विइन्द्रकुमारी लिम्बूलाई ना.प्र.नं ०८-०१-८१-००४९४, छथर गाउँपालिका ५ खाल्डेका १७ वर्षीय रिजन लिम्बूलाई ना.प्र.न ०८-०१-८१-००४९५, छथर गाउँपालिका ५ का  १८ वर्षीय डगेन्द्र खड्कालाई ना.प्र.न ०८-०१-८१-००४९६, २३ वर्षीय कृष्णबहादुर थापालाई ना.प्र.न ०८-०१-८१-००४९७, छथर गाउँपालिका ५ का १८ वर्षीय दीपेश ढकाललाई ना.प्र.न ०८-०१-८१-००४९८ र  छथर गाउँपालिका ३ की २४ वर्षीया रमिला भट्टराईलाई ना.प्र.न ०८-०१-८१-००४९९ भएको नेपाली नागरिकताको प्रमाणपत्र घरमै पुगेर प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी अर्यालले अपाङ्गता भएका मात्र नभई वृद्धाहरुलाई पनि घरमै पुगेर नागरिकता प्रदान गर्ने र सबै स्थानीय तहलाई सहजीकरण गरीदिन आग्रह गरिएको बताउनु भयो ।

छथर गाउँपालिका  अध्यध्क्ष सन्तवीर लिम्बूले संविधानले हरेक नागरिकलाई नागरिकता पाउने हकबाट वञ्चित गर्न नहुने भएकाले गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको विवरण अद्यावधिक गरी नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको बताउनु भयो ।

अपाङ्गता भएका व्यक्ति दीपेश ढकालका बाबु जीवननाथ ढकालले अपाङ्गता भएका व्याक्तिहरुलाई जिल्लामा लगेर नागरिकता लिन धेरै समस्या भएको अवस्थामा घरमै आएर नागरिकता प्रदान गरेकोमा खुशी व्यक्त गर्नु भयो । नागरिकता पाएपछि राज्यबाट पाउनु सामाजिक सुरक्षाको सुनिश्चिता भएको जीवननाथ ढकालले बताउनु भएको छ ।

Photo 20240710 terhathum (1)

Photo 20240710 terhathum (2)

Photo 20240710 terhathum (3)

Photo 20240710 terhathum (4)

Photo 20240710 terhathum (5)

Photo 20240710 terhathum (6)

 

 

 

 

अन्य

भिडियो