INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्साहन घटना कसुरमा कैद र जरिवाना

सुरुङ्गा नगरपालिका-५ कुशहा टोलका २८ वर्षीय आनन्द पासवान र उनकी प्रेमिका ३५ वर्षीया गीतादेवी पासवानलाई आत्महत्या दुरुत्साहन कसुरमा ०८१ असार २१ गते कैद सजाय र जरिवाना भएको छ ।

जिल्ला न्यायाधीश उमानाथ गौतमको इजलासबाट आरोपित आनन्द र गीतादेवीलाई जनही एक वर्ष तीन महिना कैद र १० हजार रुपियाँ जरिवाना गर्ने फैसला भएको अदालतले जनाएको छ । अदालतका अनुसार आरोपितहरूबाट पीडितको हकवालालाई जनही ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला समेत भएको छ ।

आरोपितहरूका कारण ३१ वर्षीया सीमा पासवानले २०८० वैशाख २२ गते राति कोठामा सलको पासो लगाई झुण्डी आत्महत्या गरेको भन्दै मृतकका भाई सिरहा गोलबजार नगरपालिका-११ बल्का टोलका २६ वर्षीय सन्तोषकुमार पासवानले इलाका प्रहरी कार्यालय कडरबोनामा वैशाख २४ गते उजुरी दिनुभएको थियो ।

सिरहाको मिर्चैया नगरपालिका-६ जिवा टोल माइत भएकी गीतादेवी खडक नगरपालिका-४ पंसेराका छोटुवा भनिने लालमुनी पासवानकी पत्नी हुन् । गीता र आनन्दबीच माया, प्रेम रही आनन्दकी पत्नी सीमालाई दुखकष्ट दिई हिंसा गर्ने गरेकोले उनले आत्महत्या गरेको सन्तोषले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय कडरबोनाले ०८० वैशाख २४ गते आत्महत्या दुरुत्साहनको उजुरी दर्ता गरेको थियो । आरोपित आनन्द ०८० वैशाख २४ गते गिरफ्तार भएका थिए । जिल्लाअदालतमा ०८० जेठ १७ गते अभियोग पत्रदायर भएकोमा न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले आरोपित जेठ १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अर्का आरोपित गीतालाई ०८० वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो । अर्का आरोपित गीतादेवी समेत ०८० माघ १४ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छिन् ।

अन्य

भिडियो