बौद्धिक अपाङ्गता भएकी २२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा ०८१ असार १८ गते जिल्ला अदालत मकवानपुरले बकैया गाउँपालिका- ३ का ५० वर्षीय चतुरमान गोलेलाई १० वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बलात्कार गरेकोमा सात वर्ष र बौद्धिक अपाङ्गतामा थप तीन वर्ष गरी १० वर्ष कैद गर्ने फैसला गरेको हो ।
साथै अदालतले गोलेलाई ३ लाख रुपैयाँ जरिवानासहित ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने आदेश गरेको श्रेस्तेदार लेखनाथ पौडेलले बताउनु भयो ।
पीडितलाई ०८० पुस २६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुस २९ गते उजुरी दिएका थिए । जिल्ला अदालतको ०८० माघ १९ गतेको आदेशले गोले पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा छन् ।