INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

विवाहको बहानामा चीन पु‌‍र्‍याई मानव बेचबिखन गरेको आरोपमा उदयपुर त्रियुगा नगरपालिका–१ जोगीदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले ०८१ असार ११ गते गिरफ्तार गरेको छ ।

चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते पीडितलाई नेपाल फर्काइ उद्दार गरेको हो । नेपाल फर्किएपछि पीडितले असार ११ गते प्रहरीमा उजुरी दिएपश्‍चात आरोपितलाई सोही दिन गिरफ्तार गरेका ब्यूरोका प्रवक्ता गौतम मिश्रले बताउनु भयो ।

राईले पीडितलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत कुराकानी गरी आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीन आएको १० वर्ष भयो, चीनमा धेरै राम्रो हुन्छ, तिमी पनि विवाह गरेर चीनमा आउ, विवाह गर्ने केटासँग मेरो चिनजान रहेको छ, केटा धनी र राम्रो छ भनी प्रलोभन देखाई पीडितलाई काठमाडौँको ठमेलमा चिनियाँ केटासँग भेट गराई ०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

गिरफ्तार भएकी राईलाई असार १२ गते जिल्ला अदालत काठमाडौँमाबाट सात दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी मिश्रले बताउनु भयो ।

अन्य

भिडियो