१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गुलरिया नगरपालिका–५ का १८ वर्षीय सुनिल राढ पटेल र सोही ठाउँका २७ वर्षीय सुजन सिग्देललाई प्रहरीले ०८१ असार १६ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितहरूले असार १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १६ गते इलाका प्रहरी कार्यालय, बानियाँभारमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितहरूलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १६ गते बर्दिया अस्पताल, गुलरियामा भयो ।