INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुजरा नगरपालिका-६ फतगैया टोलका २२ वर्षीय शेख सालिमलाई ०८१ असार १३ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गिरफ्तार गरेको छ।

आरोपितले पीडितलाई असार १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिनुभयो ।

आरोपितलाई असार १३ गते गिरफ्तार गरी असार १४ गते सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराई घटना बारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्र बर्तौलाले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १३ गते चन्द्रपुर सरकारी अस्पताल चन्द्रनिगाहपुरमा भयो ।

अन्य

भिडियो