INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

औरही नगरपालिका-४ कबिलासा की ५० वर्षीया रितादेवी यादवलाई ०८१ असार १२ गते हत्या गरेको आरोपमा सोही दिन प्रहरीले निजका देवर ४५ वर्षीय रामरतन यादवलाई गिरफ्तार गरेको छ ।

घर बनाउने विषयमा विवाद हुँदा देवरले भाउजुमाथि कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । कोदालो प्रहारबाट गम्भीर घाइते भएकी रितादेवीलाई सोही दिन उपचारको लागि रामगोपालपुर नगरपालिका वडा नं. ९ स्थित जानकी एकेडेमी अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलालप्रसाद जयसवारले बताउनु भयो ।

मृतकको शव जानकी एकेडेमी अस्पतालमा रहेको र शवको पोष्टमार्टमको लागि जलेश्वर ल्याउने तयारी भइरहेको डिएसपी जयसवारले बताउनु भयो ।

अन्य

भिडियो