INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जन्तेढुङ्गा गाउँपालिका-६ का ४३ वर्षीय सुवास श्रेष्ठलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको ०८१ असार ७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३ लाख रुपियाँ जरिबाना कसुरदारबाट असुल गर्नु आदेश भएको अदालतका श्रेस्तेदार सीताराम खड्काले बताउनु भयो ।

पीडित महिलालाई आरोपितले ०७९ कात्तिक २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले कात्तिक २१ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०७९ कात्तिक २९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश सुवासबाबु पुरीको कात्तिक २९ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ कात्तिक २१ गते गरिएको थियो ।

अन्य

भिडियो