INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार कसुरमा आठ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै भक्तपुर जिल्ला भक्तपुर नपा—८ स्थायी घरभई पाँचपोखरी थाम्पाल गाउपालिका— ४ स्थित श्री थाम्पालभ्याली माविमा कार्यरत शिक्षक ३० वर्षीय नविन माकलाई जिल्ला अदालतले आठ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधीस भगवती शर्मा ढुङ्गानाको ०८१ असार ७ गते इजलाशले बलात्कार घटनामा संलग्न व्यक्तिलाई दोषी ठहर गर्दै आठ वर्ष कैदको फैसला गरेको जिल्ला बार इकाइका अध्यक्ष भूपेन्द्रबहादुर थिङले बताउनुभयो ।

विद्यालय पढेर घरजान लाग्दा पीडितलाई आरोपितले आफ्नो कोठामा डाकेर ०७८ माघ २ गते बलात्कार गरेको भन्दै  पीडितकी आमाले ०७९ असार ७ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण ०७९ असार ७ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा भएको थियो ।

अन्य

भिडियो