१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चन्द्रपुर नगरपालिका-८ बेतनाका २५ वर्षीय सुदिप वि.क लाई ०८१ असार ३ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई असार २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असार ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
उक्त उजुरीको आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर सुरेन्द्र बर्तौलाले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परिक्षण असार ३ गते चन्द्रपुर सरकारी अस्पताल चन्द्रनिगाहपुरमा भयो ।