INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत देशको उत्तर प्रदेश, ठुठीबारी बस्ने २१ वर्षीय विशाल गोठालाई प्रहरीले ०८१ असार ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भयो ।

अन्य

भिडियो