INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

तिरहुत गाउँपालिका-२ मैनाकडेरीकी ३० वर्षीया संगिता दाहाल श्रेष्ठको हत्या आरोपमा चार वर्ष पछि उनका पति ३४ वर्षीय गौतमकुमार श्रेष्ठ ०८१ असार २ गते गिरफ्तार भएका छन् ।

पीडितका भाई कल्याण दाहालको उजुरीको आधारमा आरोपित गिरफ्तार भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर अवध किशोर ओझाले बताउनु भयो ।

पीडित र आरोपितबीच ०६८ वैशाख १५ गते प्रेम विवाह भएको थियो । सुरुमा दाम्पत्य जीवन सौहार्दपूर्ण रहे पनि पछि आरोपितले मादक पदार्थ सेवन गरेर स-साना बहानामा विवाद गरी गालीगलौज र कुटपिट गर्दै शारीरिक र मानसिक यातना दिदै आएको मृतकका भाई कल्याण दाहालले बताउनु भयो ।

आफ्नै घरमा पासोमा झुण्डिएको अवस्थामा ०७७ वैशाख २५ गते संगिताको शव फेला परेको थियो । शवको पोष्टमार्टम ०७७ वैशाख २५ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो । आरोपितले हत्या गरी संगिताको शव पासोमा झुण्ड्याएर आत्महत्या देखाउन खोजको कल्याणले दावी गर्दै आउनु भएको छ ।

अन्य

भिडियो