१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको फाल्गुनन्द गाउँपालिका-४ का १९ वर्षीय सुजन लिम्बुलाई जेठ ३० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ जेठ २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ३० गते गरिएको छ ।