१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-८ का २८ वर्षीय माखे भनिने महेश चौधरी थारुविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा ०८१ जेठ ३० गते पीडित पक्षले उजुरी दिनु भयो ।
पीडित जेठ ४ गते घरमा एक्लै भएको माैका छाेपी आराेपितले धाक धम्की दिई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय केशरगंजमा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।
घटनापछि आरोपित थारु फरार भएकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर सविन कार्कीले जानकारी दिनु भयो ।
पीडितकाे स्वास्थ्य परीक्षण जेठ ३१ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयाे ।