१६ वर्षीया बालिकालाई असोज १५ गते बलात्कार गरेको आरोपमा म्याङलुङ नपा-१ का ३४ वर्षीय राजकुमार लिम्बुविरूद्ध असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १५ गते राति बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी राजन भुजेलले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १७ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । आरोपित घटना लगत्तैदेखि फरार रहेकोले खोजी कार्य जारी राखिएको पनि प्रहरीले जनाएको छ ।