६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बुवालाई जेठ ३० गते सिंजा गाउँपालिका –१ जाँच गाउँबाट गिरफ्तार गरेको छ ।
आरोपितले जेठ २६ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जेठ २८ गते उजुरी दिएको इन्स्पेक्टर उमेश चन्दले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २९ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भयो ।
घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर चन्दले बताउनुभयो ।