११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–७ का ३३ वर्षीय भूषण बोगटीलाई जेठ २५ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ २४ गते घरमा कोही नभएको बेलामा बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताउनु भयो ।
पीडितकाे स्वास्थ्य परीक्षण जेठ २५ गते त्रिशूली अस्पतालमा गरिएको छ ।