INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गैडहवा गाउँपालिका–९, महेन्द्रनगरका ५५ वर्षीय रामदास कहारलाई प्रहरीले ०८१ जेठ २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ २५ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई जेठ २६ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २१ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो