३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लिसंखुपाखर गाउँपालिका—४ स्थित अत्तरपुरका ४० वर्षीय विक्रम लामालाई ०८१ जेठ २४ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०८१ जेठ १४ गते बेलुकी घरमा डाकेर बलात्कार प्रयास गरेको पीडितको आरोप छ ।
पीडितले जेठ १६ गते इलाका प्रहरी कार्यालय, बाह्रविसेमा उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराइले बताउनुभयो ।
आरोपित लुकिछिपि बसेको अवस्थामा लिसंखु बजारबाट प्रहरीले गिरफ्तार गरेको डिएसपी भट्टराइले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १६ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरियो ।
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–४