३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले लिसंखुपाखर गाउँपालिका—४ अत्तरपुरका ४० वर्षीय बिक्रम लामालाई ०८१ जेठ २४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०८१ जेठ १४ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ १६ गते इलाका प्रहरी कार्यालय, बाह्रविसेमा उजुरी दिनु भएको थियो ।
पीडितको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बाह्रविसेका डिएसपी निरञ्जन भट्टराईले बताउनु भयो ।
घटना लगत्तै फरार रहेका आरोपितलाई लुकिछिपि बसेको अवस्थामा लिसंखु बजारबाट प्रहरीले गिरफ्तार गरेको डिएसपी भट्टराईले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १६ गते प्राथमिक स्वास्थ्य केन्द, बाह्रविसेमा गरिएको छ ।