INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी गाउँपालिका—३ धुस्कुनका ५५ वर्षीय गोकर्ण खत्रीलाई ०८१ जेठ २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ ३ गते प्रलोभन देखाएर आफ्नै घरमा बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ५ गते इलाका प्रहरी कार्यालय, बाह्रविसेमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बाह्रविसेका डिएसपी निरञ्जन भट्टराईले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ५ गते प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रविसेमा गरिएको छ ।

 

अन्य

भिडियो