नवजात शिशुको हुत्या गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी गाँउपालिका-१ जुभिङका ४० वर्षीया कुमारी राई र ३९ वर्षीय सुकमान राईलाई गिरफ्तार गरेको छ ।
माप्यदूधकोशी गाँउपालिका-१ जुभिङको रेम्बो जोरधारामा ०८१ जेठ १७ गते नवजात शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी खरिखोलाले आरोपितद्घयलाई अनुसन्धानका लागि जेठ १७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी द्धारिकाप्रसाद घिमिरेले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा जेठ १८ गते गरिएको छ । अवैधसम्बन्धबाट शिशुको जन्म भएकाले हत्या गरेको हुन सक्ने डिएसपी घिमिरेको भनाइ छ ।