५७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बबई गाउँपालिका–४ का ४५ वर्षीय कमलबहादुर ओलीलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश मनोजकुमार श्रीवास्तवको ०८१ जेठ २२ गतेको इजलासले कसुर ठहर गर्दै सात वर्ष कैद सजाय, ३ लाख रुपियाँ जरिबाना र ४० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित महिलालाई ओलीले ०७९ फागुन ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो । ओलीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन ३० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरमा भएको थियो ।