INSEC Online

📅 २०८३ जेष्ठ २१

आपूर्ति राज्यमन्त्री चढेको गाडीमा तोडफोड

बजार अनुगमनका क्रममा असोज ७ गते कैलालीको टिकापुर पुगेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिकमाथि स्थानीय व्यवसायीहरूले आक्रमणको प्रयास गर्दै उनले चढेको बा १ झ ९६९९ नम्बर गाडीमा तोडफोडसमेत गरेका छन् ।

अनुगमनको नाममा व्यापारीलाई दुःख दिएको आरोप लगाउँदै अनुगमनको विरोधमा उत्रेका व्यवसायीहरूले मन्त्रीको गाडीमा रहेको नेपालको झन्डा च्यात्चुत पार्नुका साथै ढुङ्गामुढाको प्रयास गर्दै गाडीको सिसा फुटाएपछि प्रहरीले राज्यमन्त्री बिकलाई सुरक्षित रूपमा होटेलमा पुर्‍याएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।

तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुरेन्द्र गिरी र महासचिव रामबहादुर भण्डारीलाई नियन्त्रण्मा लिइएको इलाका प्रहरी कार्यालय टिकापुरका डिएसपी टिकाबहादुर कार्कीले बताए ।

उपभोक्ताले गुणस्तरीय बस्तु उपभोग गर्न पाउनुपर्ने हक विपरीत व्यावसायीहरूले उपभोक्ताको स्वास्थ्य र जीवनसँग खेलबाड गर्ने गरेकोले आपूर्ति मन्त्रालयका अधिकृत, गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य कार्यालय तथा साल्ट ट्रेडिङ् कर्पोरेशनका प्रतिनिधिसहित राज्यमन्त्रीको नेतृत्वमा रहेको अनुगमन टोलीले अनुगमनको क्रममा विष्ट आयल स्टोरमा प्रतिलिटरमा ३० मिलिलिटर कम दिने गरेको र अमृत किराना पसलमा उपभोग्य म्याद समाप्त भएका अखाद्य पदार्थ भेटिएपछि सिल गर्न खाज्दा व्यापारीहरूले दुर्व्यवहार गरी मन्त्रीको गाडीमा तोडफोड गरेको आपूर्ति मन्त्रालयका अधिकृत गोविन्द लुर्इँटेलले बताए ।

अन्य

भिडियो