२९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका-१३ का ३७ वर्षीय आमोद नेपालीलाई ७ वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश तेजनारायण पौडेलको ०८१ जेठ १७ गतेको इजलासले कसुर ठहर गर्दै ७ वर्ष ३ महिना कैद सजाय, ३ लाख रुपियाँ जरिबाना र ४० हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित महिलालाई नेपालीले ०७९ असोज १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । नेपालीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असोज १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो ।