५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका-७, पौवाका ३८ वर्षीय रामशरणलाई प्रहरीले ०८१ जेठ १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालकलाई आरोपितले जेठ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १४ गते भिम अस्पताल, भैरहवामा भयो ।