INSEC Online

📅 २०८३ जेष्ठ २१

जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा दुई जना गिरफ्तार

१५ वर्षीया दुई जना बालिका र ३० वर्षीया एक जना महिलालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–७ स्थित न्यू फेमिली लज सञ्चालक ३६ वर्षीया अप्सरा ढकाल र ४६ वर्षीया कुमारी गुरुङलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।

पीडितहरूलाई आरोपितहरूले जबरजस्ती यौन कार्यमा लगाएको भन्ने सूचनाका आधारमा आरोपितहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताउनु भयो ।

घटनाका सम्बन्धमा पीडित पक्षले जेठ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितहरू उपर जेठ १६ गते मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

पीडितहरूको स्वास्थ्य परीक्षण जेठ १७ गते गरिने प्रहरीले जनाएको छ ।

अन्य

भिडियो