१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोलका १९ वर्षीय आकाश तामाङ्गलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०८१ जेठ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १५ गते इलाका प्रहरी कार्यालय, बेलबारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा जेठ १६ गते गरिएको छ ।