१४ वर्षीया बालिकालाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका–७ स्थित स्वागतम रेष्टुरेन्ट एण्ड बार सञ्चालक दोलखा जिल्ला जिरी नगरपालिका–९ घर भएकी २५ वर्षीया सृजना खनाल र नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–४ घर भएकी २६ वर्षीया रमिला नेपालीलाई जेठ १४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितहरूले प्रलोभन देखाएर यौन कार्यमा लगाएको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले बार सञ्चालकहरूलाई गिरफ्तार गरेको हो ।
पीडितका अभिभावकले आरोपितविरूद्ध जेठ १३ गते गौशfला प्रहरी वृत्तमा उजुरी दिनु भएको प्रहरीले जनाएको छ ।
आरोपितहरू माथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ । पीडितको स्वास्थ्य परीक्षण जेठ १४ गते थापाथली अस्पतालमा गरिएको छ ।