अत्यधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले अत्यधिक गर्मीका कारण विद्यालय बन्द गरिए सँगै खोप अभियान पनि प्रभावित भएको बताउनुभयो ।
पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने तय भएको खोप कार्यक्रम गर्मीका कारण स्थगित भएको हो । अभियान जेठ २० गतेदेखि पुनः सञ्चालन हुने भएको छ ।