मलंगवा नगरपालिका-७ मुसैलीकी ४३ वर्षीया सुवैना देवी यादव र उहाँकी छोरी २२ वर्षीया रमिता यादवलाई सोही ठाउँका ३७ वर्षीय भरोसी यादव र २४ वर्षीय दिलिपकुमार यादवले ‘बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ जेठ ११ गते उजुरी दिनु भएको छ ।
पीडितहरूलाई आरोपितहरूले जेठ २ गते ‘बोक्सी’ को आरोपमा गालिगलौज गर्नुका साथै कुटपिट समेत गरेको पीडित पक्षले बताउनु भयो ।
आरोपित पक्षले जेठ १२ गते मलंगवा नगरपालिका-७ वडा कार्यालयमै मिलापत्र गर्न दबाब समेत दिएको पीडित पक्षको आरोप रहेको छ ।
पीडितको स्वास्थ्य उपचार जेठ ३ गतेदेखि ६ गतेसम्म प्रादेशिक अस्पताल मलंगवामा भएको बताउनु हुँदै घाउजाँच पुनः जेठ ११ गते भएको पीडित पक्षले जानकारी दिनु भयो ।
घटना बारे अनुसन्धान गरी दोषी उपर कानुन बमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सविन कार्कीले जानकारी दिनु भयो