सुरुङ्गा नगरपालिका-७ हरीपुरकी १९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का २१ वर्षीय परमानन्द साहलाई प्रहरीले ०८१ जेठ ९ गते गिरफ्तार गरेको छ ।
घर पछाडी पानी तान्ने ट्युववेलमा पानी लिन गएको बेला ०८१ जेठ २ गते आरोपितले पछाडीबाट समाती बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ ३ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनामा जेठ ३ गते उजुरी दर्ता भएको इन्स्पेक्टर निलम प्रसाद उप्रेतीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा जेठ ३ गते भयो । पीडितका पति वैदेशिक रोजगारमा रहेको बेला गाउँलेहरुले अपरिचित युवक र पीडितलाई देखेपछि होहल्ला भएको थियो । गाउँलेहरुका अनुसार आरोपितले पीडितलाई विवाह अघिदेखि नै मन पराउँथे ।