INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनको दुष्प्रयास नगर्न आग्रह

कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहियालाई गरिएको गिरफ्तारीप्रति विरोध गर्दै इन्सेकले जेठ ८ गते साँझ प्रेस विज्ञप्तिमार्फत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनको दुष्प्रयास नगर्न आग्रह गरेको छ ।

इन्सेकका अध्यक्ष डाकुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा कान्तिपुर दैनिकको थापाथलीस्थित कार्यालयमा सिरोहियाको कार्यकक्षबाटै गिरफ्तार गरी रातारात स्थलमार्गबाट जनकपुरतर्फ लगिँदै गरेको घटना आवरणमा जे भनिए पनि आमसञ्चार माध्यमलाई निर्भीक बन्नबाट रोक्ने नियोजित प्रयास हो भन्ने प्रष्ट देखिन्छ भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ-‘नागरिकता छानविनका लागि गिरफ्तार गरिएको भनिए पनि प्रतिष्ठित सञ्चार माध्यमका प्रकाशकलाई त्यसअघि कुनै सोधपुछ नगरी यस्तो बेला गिरफ्तार गरिएको छजतिबेला संसदमा उठ्दै आएको गृहमन्त्रीको सहकारीसँगको विवादास्पद संलग्नताका सम्बन्धमा कान्तिपुर मिडिया ग्रुपले श्रृङ्खलावद् रुपमा आलोचनात्मक सामग्री प्रकाशन र प्रसारण गर्दै आएको छ ।

नेपाली इतिहासका विभिन्न कालखण्डमा लोकतन्त्रभित्रैबाट अधिनायकवादी अभ्यासको दुष्प्रयास हुने गरेको पृष्ठभूमिमा मिडिया उद्यमी सिरोहियाको गिरफ्तारीउहाँमाथि लागेको नागरिकतासम्बन्धी आरोपका कारणले नभई प्रतिशोधका आधारमा भएकोमा इन्सेकले आशङ्का गरेको छ ।

अन्य

भिडियो